दार्चुला । करिब नौ करोड मूल्य बराबरको कोकिनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । कोकिनसहित तीन जना विदेशी नागरिकलाई लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा दक्षिण अफ्रिकी, भारतीय र तान्जानिया नागरिक रहेको व्युरोको प्रवक्ता जीवन श्रेष्ठले बताउनुभयो । ब्यूरोका अनुसार गत भदौ ३ गते कतार एयरलाइन्सको विमानमार्फत् केपटाउनबाट दोहा हुँदै नेपाल आएकी दक्षिण अफ्रिकन नागरिक सिर्ले गामा २ किलो ९६६ ग्राम कोकिनसहित पक्राउ परेकी थिइन् ।
विशेष सूचनाको आधारमा ब्यूरोको टोलीले कमलादीस्थित एक होटलबाट पक्राउ गरेको थियो भने कारोबारमा संलग्न भारतको व्याङ्लोर विजय सिंहलाई पनि भदौ ८ गते कमलादीबाट पक्राउ गरेको थियो । तान्जानियाका नागरिक गेरट्रुड लियोनार्ड किमारोलाई भारततर्फ भाग्दै गरेको अवस्थामा सिन्धुलीको खुर्कोटबाट प्रहरीले पक्राउ गरेको उक्त ब्यूरोले जनाएको छ । अभियुक्तहरू माथि जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी थप अनुन्धान भइरहेको प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया