दार्चुला । मार्मा गाउँपालिका वडा नम्बर ६ शेरी स्थित डड्या पुल पहिरोले भत्केको एक महिना बितिसक्दा समेत मर्मत गरिएको छैन् । पुल सञ्चालनमा नआउन आवतजावतमा समस्या भइरहेको छ । साउँन १५ गते राती वर्षातका कारण पुलभन्दा माथिको चट्टान फुटेर पहिरो खस्दा पुल क्षतीग्रस्त भएको थियो ।
पुलका लठ्ठा अड्काउने प्रमुख पर्खाल भत्किएको छ, एउटा लठठाको भरमा पुल अड्किएको छ । आवतजावत गर्दा जोखिम मौलेर आवतजावत गर्नुपर्ने बाध्यता रहेको छ । पुल चढेर आवतजावत गर्न सक्नेहरु ओहोरदोहोर गर्छन तर बालबालिका, विरामीहरु र बृद्धबृद्धाहरुका लागि आवतजावत नै बन्द रहेको अपि पथपर्दशक मावी शेरीका शिक्षक विरेन्द्र महराले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, जोखिम मोलेरै ओहोरदोहोर गर्नुपरेको छ, पुल भत्किएको एक महिना भैसकेको छ, लटिनाथ प्रहरी चौकीले मुचुल्का समेत बनाएर लगेको हो तर आजसम्म गाउँपालिकाले मर्मतका लागि चासो देखाएको छैन, उहाँले भन्नुभयो । भाद्र २२ गतेबाट विद्यालय शिक्षण सिकाइ सहजीकरण गर्न मार्मा गाउँपालिका शिक्षा शाखाले निर्णय गरेकाले विद्यार्थीहरुलाई आवतजावतमा समस्या हुने भएको छ । जैथला हांटका करिब ६० जना विद्यार्थीहरुलाई विद्यायल आउनबाट बञ्जित हुनुपर्ने अवस्था छ ।
यही पुलको बाटो भएर विद्यालय आउनुपर्ने हुन्छ । वर्षातका कारण नदी बढेकाले नदी तरेर आवतजावत गर्न सकिने अवस्था छैन। शिक्षक महराले भन्नुभयो, २०५५ सालमा साविक शेरी गाविसका अध्यक्ष देव सिह महराको पहलमा उक्त पुल निर्माण भएको थियो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया