दार्चुलासहित सुदूरपहाडमा गौरा पर्व सम्पन्न (फोटो फिचर)

दार्चुला । सुदूरपश्चिमको मुख्य पर्व गौरा सम्पन्न भएको छ । पवित्र नदी, तलाउ, धारा, पँधेरा र गौराघरमा विभिन्न पाँच किसिमका गेडागुडी (बिरुडा) भिजाएर प्रारम्भ गरिएको गौरापर्व कृष्णजन्माष्ठमी हुँदै विभिन्न मेलाको आयोजना गरेर सम्पन्न भएको हो । दार्चुला, बैतडी लगायत सुदूरपश्चिमका विभिन्न जिल्लामा दशैं भन्दा बढी महत्तका साथ मनाउने गौरा पर्वको रौनकले गाउँघरमा बेग्लै सांस्कृतिक तरंग ल्याउने गरेको छ । गौरापर्वको मुख्य दिन अष्टमी (अठेवाली) मा बिरुडालाई घरमा लगेर पकाएर खाने चलन छ, बिरुडाले नै टाउको पुजन गरिन्छ । हिमालयकी छोरी पार्वतीले भगवान् शिवलाई पति पाउन गौरा देवीको निराहार व्रत बसेको किंवदन्तीका आधारमा गौरा पर्व मनाउने गरिएको स्थानीय संस्कृतिका जानकार हरिना जोशीले बताउनुभयो । पार्वतीले शिव पति पाएझै अविवाहित युवती शिवझै पति पाउन फलाहार ब्रत बस्ने गरेका छन् । विवाहित महिलाले भने पति र सन्तानहरुको दीर्घायुको कामना गरेर ब्रत बस्ने गरेका छन् ।

गौराको अवसरमा ब्रत, गौरा पुजा र उपासनाका साथै महिला एवं पुरुषहरूले वर्ष दिनका पीडा बिर्सन विभिन्न खेलहरू खेलेर मनोरञ्जन गरेका छन् । अठेवालीका दिन गौरा देवीको प्रतिमालाई टाउकामा राखेर नचाइन्छ । पुरुषले धुमारी, ढुस्को, ठाडो खेल र देउडा खेल खेल्छन । धुमारी, ढुस्को र ठाडोमा खेलमा महाभारत, रामायणसहित धार्मिक ग्रन्थमा आधारित कथाहरू भनिन्छ । यद्यपि अचेल ठाडो खेलमा वीरगाथा हराउँदै जान थालेका छन् । सामाजिक सद्भाव र महिलाहरूको सम्मानका लागि मनाइने गौरा सांस्कृतिक पर्व भएकाले सबैले मनाउनुपर्ने ९० वर्षीय बृद्ध दत्ते जोशीले बताउनुभयो ।

पुरुषहरूले गौरा नचाउने स्थान नजिकै धुमारी, ढुस्को, देउडा खेल्ने चलन छ । धामी झाक्रीलाई खुसी बनाउन अठेवालीका दिन पुरुषहरू विशेष गरी देवी–देवताका गाथा समेटिएका खेलमा रमाउँछन् । गौरामा नयाँ पहिरन लगाउने तथा मीठो मसिनो खाने चलन छ । गच्छेअनुसार सबैले मनाउने गौराको अन्तिम दिन बाजागाजासहित जलाशय वा नदी किनारहरूमा पूजा विसर्जन गरिन्छ । पञ्चमीदेखि सुरु भएको गौरामा विभिन्न गतिविधि गर्दै आइतबारसम्म मेला (खेणी) को आयोजना गरिएको थियो ।

गौरा पर्वमा विवाहित महिलाहरुले घाँटीमा दुव धागो (दुवधाँगो) बाँध्ने प्रचलन छ । पुरूषले जनई लगाए झैं महिलाले दुव धागो लगाउने गरेका छन् । शिव र गौरी अर्थात गौराको पुजा आराधनाले मनोकाँक्षा पुरा हुने, पारिवारिक सुख र सौभाग्य प्राप्त हुने मान्यता रहेको छ । यो पर्वलाई एकताको पर्वका रुपमा समेत मनाउने गरिएको छ ।

हेर्नुहोस लेकम गाउँपालिका-५ मैखोलीको गौरापर्वका केहि तस्बिरहरु

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?