नेकपा (एकीकृत समाजवादी) का नेताहरूको जिम्मेवारी बाँडफाँट

दार्चुला । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले नेताहरुको जिम्मेवारी बाँडफाँट गरेको छ । नेकपा एकीकृत समाजवादीका सांसद विरोध खतिवडाले स्थायी कमिटी, सचिवालय सदस्य र प्रदेश इञ्चार्जहरु जिम्मेवारी बाँडफाँट गरेको जानकारी दिनुभयो ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका प्रमुख स्वकीय सचिव मोहन गौतमले नेकपा एकीकृत समाजवादीको अन्तरपार्टी निर्देशनमा उल्लेख भए अनुसार नेताहरुको जिम्मेवारी बाँडफाँट गरिएको बताउनुभयो । उहाँका अनुसार पार्टी अध्यक्ष माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनालसहित पहिले नेकपाको स्थायी कमिटीमा रहेकाहरुलाई नेकपा एकीकृत समाजवादीले स्थायी कमिटीमा राखेको हो । स्थायी कमिटीमा नेपाल र खनालसहित मुकुन्द न्यौपाने, डा. बेदुराम भुसाल र प्रमेश हमाल रहनुभएको उहाँले बताउनुभयो ।

यसैगरी पार्टीको दैनिक कार्यसम्पादन गर्नका लागि बेदुराम भुसालको संयोजकत्वमा प्रमेश हमाल, राजेन्द्र पाण्डे, गङ्गालाल तुलाधर, डा। विजय पौडेल, जयन्ती राई र जीवनराम श्रेष्ठसहितको सचिवालय गठन गरिएको छ । गौतमले प्रदेश इञ्चार्ज पनि तोकिएको जानकारी दिनुभयो । उहाँले प्रदेश १ मा घनेन्द्र बस्नेत, प्रदेश २ मा धर्मनाथ साह, बागमती प्रदेशमा केदार न्यौपाने, गण्डकी प्रदेश इञ्चार्जमा केशवलाल श्रेष्ठ, लुम्बिनी प्रदेश इञ्चार्जमा भगवत विश्वसी र कर्णाली प्रदेशमा प्रकाश ज्वाला चयन गरिएको बताउनुभयो । उहाँले अहिले सुदूरपश्चिम प्रदेशमा भने तत्काल इञ्चार्ज नतोकिएको जानकारी दिनुभयो ।

यसैगरी उपत्यका विशेष प्रदेश इञ्चार्जमा विश्वनाथ प्याकुरेल, सम्पर्क विशेष प्रदेश इञ्चार्जमा विजय गुरुङ र मोर्चा इञ्चार्जमा डा। विजय पौडेललाई चयन गरिएको गौतमले बताउनुभयो । त्यस्तै नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डे, विजय पौडेल र रामकुमारी झाँक्रीलाई अदालत र निर्वाचनसम्बन्धी काम गर्ने जिम्मा दिइएको छ भने विरोध खतिवडा, कल्याणी खड्का, जीवनराम श्रेष्ठ र ठगेन्द्र पुरीलाई संसदीय कामको जिम्मेवारी दिइएको अध्यक्ष नेपालका प्रमुख स्वकीय सचिव गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?