बाढीपहिरोले दुहुँबासीको बिचल्ली, हेलिकोप्टरबाट खाद्यान्न ढुवानी गरिदै

दार्चुला । भदौ १३ गते आईतवार रातिको अबिरल बर्षासंगै आएको बाढी, पहिरोका कारण दुहुँ गाउँपालिकामा एक अर्ब बढीको भौतिक क्षती भएको अनुमान गरिएको छ । दुहुँको वडा नम्बर २ र ५ मा बढी क्षती भएको गाउँपालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । दुहुँका अढाइ सय घर बाढी, पहिरो पिडित भएका छन् ।

एकैदिनको बाढी, पहिरोले ४६ घर पूर्ण रुपमा क्षती भएका छन् । करिब एक सय घरमा आशिंक क्षती पुगेको र एक सय बढी घर पहिरोको जोखिममा रहेको गाउँपालिकाले जनाएको छ । भदौ १३ गते पहिरोमा परेर तीन जनाको मृत्यु र दुई जना बेपत्ता भएका थिए । घरहरु, विद्यालय, खेतियोग्य जमीन, पाँच वटा लघुजलविद्युत, पुलहरु लगायत भौतिक संरचनामा ठूलो क्षती पुगेको छ । विद्युत समेत अवरुद्ध हुँदा दुहुँबासी अन्धकारमा छन् । सडक अवरुद्ध हुँदा खाद्यान्न अभाव समेत सिर्जना भएको छ ।

यसैबिच सोमवार वा मंगलबार नेपाली सेनाको हेलिकोप्टरमार्फत खाद्यन्न ढुवानी हुने भएको छ । चामल, दाल, तेल, टेन्ट, खानेपानी पाइन लगायत सामाग्री ढुवानीका लागि हेलिकोप्टर आउन लागेको हो । खलंगावाट सुत्खोलाको थाम र हिकिलाको गौरीलमाण्डौ माबिमा खाद्यन्न ढुवानी गर्ने तयारी छ । रेडक्रस र सिआरडिएसले समेत राहत सहयोग गरेका छन् । दुहुँ गाउँपालिकाका युवाहरुले आर्थिक सहयोग संकलन समेत गरिरहेको अधिवक्ता कृष्ण महराले बताउनुभयो ।

दुहुँ गाउँपालिकामा विपद्ले सताएपछि स्थानीयसँग सरकारको मुख ताक्नुबाहेक अन्य विकल्प छैन । बाढीपहिरोले बिचल्ली बनाएको अवस्थामा कतिपयसँग न त घर छ न त रोजगारको अवस्था । राहतमा आएको पीठो, ढिँडो खाएर गुजारा गर्नुपर्ने बाध्यता छ ।

सायद हिमाल, आकाश, रूख तथा  प्रकृति को तस्बिर हुनसक्छ

सायद प्रकृति तथा  हिमाल को तस्बिर हुनसक्छ

सायद रूख तथा  घरबाहिर को तस्बिर हुनसक्छ

सायद 1 व्यक्ति, रूख तथा  हिमाल को तस्बिर हुनसक्छ

सायद घरबाहिर को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?