एकै परिवारका ६ जनाको हत्या, एक घाइते

दार्चुला । संखुवासभाको मादी नगरपालिका १ को उम्लिङमा एकै परिवारका ६ जनाको हत्या भएको छ। प्रदेश नम्बर १ का प्रहरी प्रवक्ता तथा प्रहरी उपरीक्षक नविनराज राईका अनुसार ६ जनाको हत्या गरेको हो। एक जना घाइते रहेको उहाँले बताउनुभयो । ६ जनालाई काटेको भन्ने खबर आएको छ। हाम्रो टोली भर्खरै पुगेको छ, उहाँले भन्नुभयो, एक जना वृद्ध मान्छे जोगिएको हो कि भन्ने छ। उपचारको लागि ल्याउने प्रयास भएको छ।

वडा नम्बर १ का वडाध्यक्ष खेम नाथ कटुवालका अनुसार धारिलो हतियार प्रयोग गरी हत्या गरिएको हो। उहाँका अनुसार ५७ वर्षीय तेजबहादुर कार्कीसहित ६ जनाको हत्या भएको हो। ८४ वर्षीया आमा पार्वता कार्की, ५६ वर्षीया श्रीमती मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएको उहाँले बताउनुभयो । घटना के कसरी भएको हो भनेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?