दार्चुला । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समुहका सुदूरपश्चिम ईन्चार्ज ओम प्रकाश पुनले एमसीसी राष्ट्रघाती सम्झौता भएकोले पास गर्न नहुने बताउनुभएको छ । सरकारले एमसीसी पारित गर्न खोजे प्रतिकार गर्छौं, लोकदर्पण भिडियासंगको कुराकानीका क्रममा उहाँले भन्नुभयो, देश र जनताको हित विपरित एमसीसी पास भए देशमा आगो बल्न सक्छ । नेता एमसीसी पास भए देशमा सशस्त्र संघर्ष शुरु हुन सक्ने भएकोले देशमा आगो लगाउने काम गर्न सरकारलाई सचेत गराउनुभयो ।
कुराकानीका क्रममा उहाँले संसदिय व्यवस्थाले देशको विकास र परिवर्तन सम्भव नभएको बताउदै व्यवस्था परिवर्तनमा जोड दिनुभयो । नेपाली काग्रेस नै संसदीय व्यवस्थाको हिमायती भएको र सबै भन्दा बढी राष्ट्रघाती सम्झौता गरेको आरोप लगाउनुभयो। एमसीसी परियोजनाकी उपाध्यक्ष फतिमा सुमार नेपाल आउन लागेको कुरा प्रति इगिंत गर्दै उहाँले एमसीसी पास गर्न खोजिए नेकपा बिप्लव समुहले कडा प्रतिपाद गर्ने र विरोध प्रदर्शन गर्ने बताउनुभयो ।
नेता पुनसंग एमसीसीमा केन्द्रित रहेका गरिएको कुराकानी हेर्न यहाँ क्लिक गर्नुहोस
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया