अर्थमन्त्री शर्माकी छोरीको वलात्कार आरोपमा वडाध्यक्षका छोरा विरुद्ध उजुरी

दार्चुला । अर्थमन्त्री जनार्दन शर्माकी १५ वर्षिया छोरी वलात्कारको शिकार भएकी छिन् । शर्माले ले ३ वर्ष पहिले छोरी मानेर अभिभावकत्व लिई सिस्ने हिमाल बालगृहमा भर्ना गरेकी वालिका वलात्कारमा परेकी हुन् । २०७४ सालमा उनलाई कक्षा ३ मा भर्ना गरिएको थियो । उनीसहित गृहमा बसिरहेका १२ जना अभिभावकविहीन बालबालिकालाई ०७६ सालमा जनार्दन शर्माले अभिभावक बनेर बिद्यालय भर्ना गरेका थिए ।

ती वालिकालाई दुई वर्षदेखि वलात्कार गर्दै आएको आरोपमा रुकुम पश्चिमको आठबीसकोट नगरपालिका– १० का वडाअध्यक्ष गंगाराम चनाराका छोरा विरुद्ध प्रहरीमा उजुरी दर्ता भएको छ । वडाअध्यक्षका छोरा कुश्माखर चनारा विरुद्ध १५ वर्षीया बालिकाले उजुरी दिएपछि प्रहरीिले उनको खोजी सुरु गरेको छ । इलाका प्रहरी कार्यालय आठबीसकोट रुकुम पश्चिमका प्रहरी निरीक्षक कपिल शाहीका अनुसार बालिकाले आइतबार प्रहरीमा उजुरी दिएकी हुन् । बालिकाको पेटमा आठ–दश हप्ताको बच्चा हुर्किरहेको प्रहरीले जनाएको छ। उनको निवेदनमा आफूलाई दुइ वर्षदेखि निरन्तर बलात्कार गरिएको र हाल पेटमा आठ–दश हप्ताको गर्भ रहेकोसमेत उल्लेख गरेकी छिन् ।

बालिकाले कुश्माखरका बुवा गंगाराम र आमा सुनिता चनाराविरुद्ध श्रमशोषण गरेको पनि उल्लेख गरेकी छन् । सुनिता वालगृहकी संचालिनका हुन । बालिकाले दिएको जाहेरी अनुसार २०७७ साल चैतको अन्तिममा लकडाउनको बहानामा बालगृह सन्चालिका सुनिताले आठबिसकोट १० स्थित घरमा लगी काममा लगाउने गरेकी थिइन् ।

वडा अध्यक्षले गरेको ओखर खेतीमा पानी हाल्ने र ब्रोइलर कुखुरापालनको काममा चारो हाल्न नियमित लगाएको उल्लेख छ । ‘कुखुरालाई चारो हाल्न खोरमा गएको मौका छोपी वडा अध्यक्ष गंगाराम र सन्चालिका सुनिताको कान्छो छोरा कुश्माकर चनारा ९रवि०ले पछाडिबाट आएर मुख थुनी जबरजस्ती करणी गरेर कहीं कतै भनेमा मारिदिने धम्की दिएको हो’, उनले जाहेरीमा लेखेकी छन।

०७७ सालको लकडाउनदेखि ०७८ को लकडाउनसम्म पटक पटक बलात्कार गरेको र अहिले महिनावारीसमेत रोकिएको भन्दै ती बालिकाले गर्भ रहेको जनाएकी छन् । उनले नगरपालिकाको न्यायिक समितिमा दिएको निवेदनका आधारमा भदौ १९ गते आठबिसकोटको नगर अस्पतालमा स्वास्थ्य जाँच गरिएको थियो । जाँचमा उनको पेटमा रहेको बच्चा ९ देखि १० हप्ताको रहेको तथ्य रिपोर्ट आएको छ।

बालिकाले भदौ १७ गतेका दिन आफू कोठामा पढिरहेको बेला वडा अध्यक्ष गंगाराम चनाराले नराम्रो नियतका साथ टाउको थिचेर कानमा औंला राखेर रगडेको भन्दै ती बालिकाले बलात्कार गर्ने रवि, वडा अध्यक्ष गंगाराम चनारा र बालगृहको सञ्चालिका सुनितामाथि हदैसम्मको कारबाहीको माग गरेकी छिन् । वडा अध्यक्षले बनाएको ओखर फार्मका लागि प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले अनुदानसमेत दिएको स्रोतले जनाएको छ ।

-नेपालआजबाट

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?