एमसीसी पारित गर्न अमेरिकाले सकारात्मक जवाफ दिनुपर्छः दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकाले सकारात्मक जवाफ नदिए मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित नहुने घोषणा गर्नुभएको छ ।

मंगलबार वाईसीएल केन्द्रीय समितिको पहिलो पूर्णबैठकमा दाहालले एमसीसीबारे उठेका प्रश्नहरू समेटेर सरकारले अमेरिकालाई पठाएको कूटनीतिक नोटको सकारात्मक जवाफ नआए पारित नहुने प्रष्ट गर्नुभएको हो ।

दाहालको भनाइ थियो, ‘अमेरिका सकारात्मक नभए एमसीसी पास हुँदैन ।’

देशभित्र एमसीसीबारे अनेकन सवाल उठेका सरकारले हालै एमसीसीलाई ११ प्रश्नसहितको प्रश्न पठाएको छ ।

बुधबारदेखि बस्ने संसद बैठकमा एमसीसी पारित गराउने गृहकार्य अनुरुप सरकारले ती प्रश्न सोधेर पठाएको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?