दार्चुला । दार्चुलाको महाकाली नगरपालिकाका सबै वडामा सहमतिका साथ नेतृत्व चयन गरिएको छ । भदौ २२ गते नौँ वटै वडामा सहमतिमै वडा सभापतीसहित समिति चयन गरिएको महाकाली नगरपालिकाका प्रमुख हंशराज भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नम्बर १ को सभापतीमा धन सिह कार्की, वडा नम्बर २ मा इन्द्र राज भट्ट, वडा नम्बर ३ मा कल्यान सिह महरा, वडा नम्बर ४ मा बीर देब भट्ट, वडा नम्बर ५ मा भुवनेश्वर अवस्थीलाई सभापती चयन गरिएको छ । यस्तै वडा नम्बर ६ मा प्रेम बहादुर पाल, वडा नम्बर ७ मा लक्ष्मण सिह डागा, वडा नम्बर ८ मा अकबर सिह धामी र वडा नम्बर ९ मा गजेन्द्र सिह कार्की सभापती चयन हुनुभएको छ ।
मंगलबार जिल्लाका ६१ वटै वडामा अधिवेशन भएको काग्रेश दार्चुलाले जनाएको छ । ६१ मध्ये अधिकासं वडामा सर्वसम्मत नेतृत्व चयन भएको बताइएको छ भने लेकम गाउँपालिका वडा नम्बर ४ लगायत जिल्लाका केही वडामा निर्वाचन गरी सभापती र कार्यसमिति चयन गरिएको छ ।


विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया