दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाका सबै वडामा वडाअधिबेसन सम्पन्न भएको छ । भदौ २२ गते पाँच वडामा सहमतिमा र एउटा वडामा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको छ । लेकम गाउँपालिकामा सभापतीका लागि गणेश पाल र खेमराज गिरीबिच निर्वाचन भएको छ । गणेश पालले १७ गत पाउँदा खेमराज गिरी २२ मत पाएर वडा सभापतीमा निर्वाचित हुनुभएको हो ।
लेकम गाउँपालिका वडा नम्बर १ मा दिपकसिंह साउँद, वडा नम्बर २ मा केशवराज जोशी, वडा नम्बर ३ मा तारासिंह भण्डारी, वडा नम्बर ४ मा खेमराज गिरी, वडा नम्बर ५ मा नारदसिंह बोहरा र वडा नम्बर ६ मा सिताराम साउद सभापतीमा चयन हुनुभएको छ । अहिले २२ सदस्यिय वडा समिति चयन गरिएको र पाँच जना पछि मनोनित गरिने काग्रेशले जनाएको छ ।
मंगलबार जिल्लाका ६१ वटै वडामा अधिवेशन भएको काग्रेश दार्चुलाले जनाएको छ । ६१ मध्ये अधिकासं वडामा सर्वसम्मत नेतृत्व चयन भएको बताइएको छ भने लेकम गाउँपालिका वडा नम्बर ४ लगायत जिल्लाका केही वडामा निर्वाचन गरी सभापती र कार्यसमिति चयन गरिएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया