दार्चुलामा टेलिफोन र इन्टरनेट सेवा तीन दिनपछि सुचारु

दार्चुला । तीन दिनयता अवरुद्ध दार्चुलाको टेलिफोन र इन्टरनेट सेवा सुचारु बनेको छ। नेपाल टेलिकमको बालशिखरस्थित रिपिटर टावरमा चट्याङले उपकरणमा क्षति गरेपछि तीनदिन देखि फोन र इन्टरनेट सेवा अवरुद्व बनेकोमा बुधबार बेलुकीदेखि सञ्चालनमा आएको छ ।

टेलिफोन र इन्टरनेट अवरुद्धहुँदा सेवाग्राहीहरु समस्यामा परेका थिए । इन्टरनेट अभावमा बैंक तथा वित्तिय कारोबार र अन्य सरकारी सेवा प्रवाह प्रभावित बनेको थियो । चटयाङले टेलिकमको रेडियो सेट, जेनेरेटर र विद्युत लाईन मिटरमा क्षती पुर्याएको र धनगढीबाट सामाग्री मगाएर जडान गरेपछि सुचारु भएको टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले बताउनुभयो । दार्चुलामा बेलाबेला इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध हुँदा सेवाग्राहीहरु मर्कामा पर्ने गरेका छन् ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?