विवेकशील साझा युवा संगठन दार्चुलाको समिति घोषणा

दार्चुला । विवेकशील साझा युवा संगठन दार्चुलाको समिति घोषणा गरिएको छ। सिवपूरी धाम गोकुलेश्वरमा भएको कार्यक्रममा हरिप्रशाद जोशी संयोजक, रेखा सिंह सह संयोजक, सन्तोष सिह साउंँद सचिव, महादेब साउँद कोषाध्यक्ष र रविन्द्र जोशी सहसचिव रहने गरि ४६ सदस्यिय जिल्ला समिति चयन गरिएको विवेकशील साझा पार्टीका जिल्ला संयोजक चक्र वहादुर बमले जानकारी दिनुभयो ।

कार्यक्रममा विवेकशील साझा युवा संगठन पार्टी प्रदेश संयोजक रोहित चन्द, विवेकशील साझा पार्टी जिल्ला संयोजक चक्र बम, सह संयोजक इन्द्र धामी लगायत प्रदेश कमिटी सदस्यहरुको उपस्थिती रहेको थियो। समितिलाई आगामी दिनमा छिट्टै समावेशी बनाउने तथा जिल्ला समितिले अरु जिम्मेवारी पनि बाडफाड गर्ने विषयमा छलफल भएको बमले बताउनुभयो ।

विवेकशील साझा संगठनले विभिन्न पृष्ठभुमिका युवाहरुलाई समेट्दै हरेक स्थानीय तह र वडासम्म संगठन विस्तार गर्ने तथा सु सभ्य,सुंसस्कृत राजनीतिलाई थप सशक्त बनाउदै राजनीतिमा युवाहरुको सकारात्मक हस्तक्षेप गर्ने लक्ष रहेको साझा संगठन सुदुरपश्चिम प्रदेश संयोजक रोहित चन्दको भनाइ छ। उर्जाशील, इमान, क्षमता भएका युवाहरु समेटेर बनाएको संगठनले सुसभ्य र इमानदारिताका साथ निष्प्क्ष ढंगले समाज परिवर्तन गर्न तिर अग्रसर हुनुपर्ने साझा पार्टी जिल्ला संयोजक चक्र बहादुर बमको भनाइ छ।

कार्यक्रममा बोल्दै स्वामी रामनन्दले युवाहरुलाई काम गर्नु छ भने मरेपछी पनि नाम आउने गरेर समाजको लागि हित हुने काममा अघि बढ्नुपर्ने बताउनुभयो। फटाहा अधर्मीहरुलाई भोट दियो भने आफू पनि अधर्मी भइने उहाँको भनाई छ । राजनीती गर्नु छ, भने मरेपछी सालिक बन्ने उदेश्यले गर्नेपर्ने र भ्रष्टाचार नियन्त्रणदेखि विकास र स्वरोजगारीका क्षेत्रमा काम गर्न सक्नुपर्ने उहाँले धारणा राख्नुभयो ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?