दार्चुलामा एक युवक झुण्डिएको अवस्थामा मृत फेला

दार्चुला : महाकाली नगरपालिका वडा नम्बर ४ खंलगामा शुक्रबार बिहान एक युवक घरभित्रै झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

जिल्ला कारागारको छेउमै रहेको घरभित्रै जगतराम चुनाराका १८ वर्षीय छोरा राहुल चुनारा कोठाभित्र झुण्डिएकोे अवस्थामा मृत फेला परेकोे जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्र बहादुर चन्दले बताउनुभयो ।

सूचना अधिकारी चन्दका अनुसार आज बिहान साढे नौ बजेतिर चुनारा कोठाभित्र झुण्डिएको अवस्थमा मृत फेला परेका छन् । मृतकले विगतमा लागुपदार्थ सेवन गर्ने गरेको स्रोतले जनाएको छ।

घटनाको प्रकृति हेर्दा आत्महत्या जस्तो देखिएको भएपनि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?