मार्माका धामीको काप्दाकाप्दै मृत्यु, घटना संकास्पद

दार्चुला । मार्मा गाउँपालिकाका एक पुरुष मृत फेला परेका छन् । मार्मा गाउँपालिका–४ लिउडेखोला बस्ने ३३ वर्षीय तारासिंह धामी सोही ठाउँका परमले धामीको घरमा मृत फेला परेको प्रहरीले जनाएको छ ।

घरबाट काम बिशेषले लटिनाथ बजार जान्छु भनी हिँडेकोमा फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त घरमा उहाँको शव फेला परेको हो । मृत तारासिह धामीलाई स्थानीयले घरमा पुजापाठ गर्न र धामी काँप्न बोलाएकोमा काँप्दाकाँप्दै ढलेर मृत्यु भएको सुन्नमा आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो ।

घटनावारे थप बुझनका लागि इलाका प्रहरी कार्यालय लटिनाथबाट जगत मल्लको कमाण्डमा प्रहरी टोली खटिएको थियो । मृतकको शवलाइ पोष्टमाटमको लागि शुक्रबार गोकुलेश्वर अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?