दार्चुला । दार्चुलाको व्यास गाउँपालिकामा फेरी जनप्रतिनिधिहरुबिच बिवाद बढेको छ । एमाले र काग्रेशबाट निर्वाचित जनप्रतिनिधिविच व्यासको आठौँ गाउँसभा देखि विवाद बढेको थियो । गाउँसभामा नेपाली काग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले बहुमतले बजेट पारित गरेपछि एमालेबाट निर्वाचित जनप्रतिनिधिले बहिस्कार गरेका थिए ।
योजना तथा कार्यक्रम सञ्चालनको समय नजिकिदै गर्दा जनप्रतिनिधिहरु एक अर्काप्रति आरोप, प्रत्यारोप लगाउदै विज्ञप्तीबाजी गर्न थालेका छन् । मासिक रुपमा बस्नुपर्ने कार्यपालिका बैठक नबसेको र गाउँपालिकामा काग्रेसले एकलौटी कार्यकर्ता पोस्ने गरी बजेट लुकाएर बाँडफाँड गरेको भन्दै एमालेबाट निर्वाचित जनप्रतिनिधिले आपत्ती प्रकट गरेका छन् । व्यासको वडा नम्बर १, ३ र ४ का वडा अध्यक्षहरुले छुट्टा छुटटै विज्ञप्ती जारी गर्दै गाउँपालिकाको एकलौटी काम गराइप्रति चर्को असन्तुष्टि व्यक्त गरेका छन् । अध्यक्षसहित काग्रेशबाट निर्वाचित जनप्रतिनिधिले गाउँपालिका एकलौटी चलाउन खोजेको, बजेट लुकाएर कार्यकर्ता पोस्ने काम गरेको, जनताको गुनासोमाथि छलफल गर्नुपर्ने कार्यपालिका बैठक नियमित बसाल्न नसकेको लगायत विभिन्न आरोप वडा नम्बर १ का वडाअध्यक्ष अशोकसिह बोहरा, वडा नम्बर ३ का वडाअध्यक्ष उपेन्द्रसिह धामी र वडा नम्बर ४ का वडाअध्यक्ष सग्राम विष्टले लगाएका छन् । तीनै जनाले विज्ञप्ती सार्वजनिक गर्दै गाउँपालिकामा एकलौटी भएको बताएका हुन् ।
वडाअध्यक्षको विज्ञप्तीको खण्डन गर्दै गाउँपलिकाका प्रवक्ता एबं वडा नम्बर २ का वडाअध्यक्ष धिरनसिह बुढाथोकीले गाउँपालिकाबाट भएका काम तथा गतिविधिको बचाउ गरेका छन् । दुई वर्ष पहिले व्यासमा जनप्रतिनिधिहरु गालिगलौच र हातपातमा उत्रिएपछि जिल्ला प्रहरी कार्यालयसम्म पुगेका थिए । त्यतिबेला दुबै पक्षले कमजोरी स्वीकार गरेर सहकार्यका साथ अगाडी बढ्ने सहमति गरेपनि अहिले फेरी राजनीतिक गन्ध आउन थालेको जनताहरु बताउछन् ।
हेर्नुहोस दुबै पक्षले सार्वजनिक गरेका विज्ञप्तीहरु



विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया