जीपले मोटरसाईकलाई ठक्कर दिदाँ तीन जना घाईते

बैतडी । बैतडीमा मोटरसाईकललाई जिपले ठक्कर दिदाँ ३ जना घाइते भएका छन् । दशरथचन्द राजमार्गको पाटन नगरपालिका ६ स्थित बेडौती भन्ने स्थानमा पाटनबाट खोडपेतर्फ जादै गरेको से १ ज ६३४ नं को जिपले बेडौतीबाट पाटन तर्फ आइरहेको भे ७ प ४३४५ नम्बरको मोटरसाईकललाई आज बिहान ९ः१५ बजे ठक्कर दिदा मोटरसाइकलमा सवार दुई जना र जिप चालक घाईते भएका हुन ।

घाइते हुनेमा मोटरसाईकल चालक पाटन ६ बस्ने ३६ वर्षीय उद्धब जोसी, मोटरसाईकलमा पछाडी सवार सोहि ठाँउका ७३ वर्षीय अन्तराम पन्त र जिप चालक पाटन १ का ज्ञानेन्द्र भट्टराई घाइते भएका इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज प्रहरी निरिक्षक राजेश शाहीले जानकारी दिनुभयो ।

मोटरसाईकल चालक जोसीको अवस्था गम्भिर रहेको र डडेल्धुरा उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको छ । मोटरसाईकल पछाडि सवार पन्तको डडेल्धुरामा उपचार भइरहेको छ । जिप चालक भट्टराईको भने पाटन प्राथमिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बिषयमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?