विप्लव नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठक बन्दीपुरमा सुरु

काठमाण्डौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी बैठक तनहुँको बन्दीपुरमा सुरु भएको छ । नेकपाको ११ औं केन्द्रीय कमिटी बैठक बन्दीपुर गाउँपालिकामा रहेको एक होटलमा हुन लागेको हो ।

बैठक आउँदो मङ्गलवारसम्म हुने छ । बैठकमा केन्द्रीय समितिका ७६ सदस्य सहभागी हुनेछन् । केन्द्रीय सदस्यसहित नेताको सुरक्षाका लागि बैठकस्थलमा पार्टीका पूर्वजनमुक्ति सेनाका सदस्य र युवा गरी एक सय ५० जना खटिएका छन् ।

बैठक कक्षमा पत्रकारलाई प्रवेशमा रोक लगाइएको छ । बैठक सकिएपछि बन्दीपुरमा पार्टीका तर्फबाट नै पत्रकार सम्मेलन गरिने छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले प्रतिबन्ध फुकुवापछि खुला राजनीतिमा आएर पहिलो पटक केन्द्रीय समिति बैठक गर्न लागेको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?