दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका वडा नं २ सुण्डमुण्ड आधारभूत स्वास्थ्य केन्द्रलाई प्रशुती सेवा केन्द्र सञ्चालनका लागि स्वीकृत दिएको छ। आधारभूत स्वास्थ्य केन्द्र सुण्डमुण्डको प्राप्त पत्र तथा सम्बन्धित वडा कार्यालयको सिफारिसमा यही असोज १ गते शुक्रबारदेखी लागू हुने गरि प्रशुती सेवा केन्द्र सञ्चालनका लागि स्वीकृत गरिएको नौगाड गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खडक बोहराले जानकारी दिनुभयो।
प्रशुती केन्द्रको काम एक हप्ता अगाडिदेखि सुचारु भएता पनि पूर्ण रुपमा आजदेखी स्वीकृति पाएको नौगाड गाउँपालिका अध्यक्ष प्रेम सिह धामीको भनाइ छ। वडा कार्यालय सिफारिस तथा आधारभूत स्वास्थ्य सेवा केन्द्रको पत्र अनुसार प्रसुती सेवा सञ्चालनको अनुमति दिइएको गाउँपालिका अध्यक्ष धामीले बताउनुभयो ।
प्रशुती सेवा केन्द्रको नौगाड गाउँपालिका अध्यक्ष प्रेम सिह धामी,उपाध्यक्ष गौरी देवि ठगुन्ना,वडा नं २ का वडा अध्यक्ष नारायण सिह ठगुन्ना,स्वास्थ्यकर्मी,समाजसेवी बुद्धिजीवीहरुको उपस्थितिमा शुक्रबार औपचारिक रुपमा उदघाटन गरिएको हो।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।






प्रतिक्रिया