८ जनालाई माफी, ५ सय २३ जनाकाे कैद कट्टा

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा आठ जनालाई माफी र पाँच सय २३ कैदीको कैद कट्टा गर्नुभएको छ ।

आज शनिवार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति निकालेर संविधान दिवसका अवसरमा राष्ट्रपति भण्डारीले पूर्णबहादुर भन्ने किशोर भण्डारीसमेत आठ जनाको कैद सजाय माफी गर्नुभएको जनाएको छ ।

त्यस्तै हर्कबहादुर राईसमेत पाँच सय २३ कैदीले भुक्तान गर्न बाँकी कैद कट्टा गरी माफी मिनाहा दिइएको हो । गएको भदौ २९ गतेको मन्त्रिपरिषद् बैठकले असोज ३ गते संविधान दिवसको अवसर पारेर कैद माफी र कैद कट्टाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?