दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ३ का २७ बर्षीय टीकाराम टमाटा बाटोमा हिडीरहेका बेला लडेर महाकाली नदीमा बेपत्ता हुनुभएको छ । आइतबार दिउँसो बैतडीको झुलाघाटबाट सेरा हुँदै लेकम आउने क्रममा झुलाघाट र सेराको बीचमा पर्ने बाटोबाट लडेर टमाटा बेपत्ता भएका सशस्त्र प्रहरीले जनाएको छ ।
टमाटा भारतको झुलाघाटबाट सामान किनेर लेकम आउदै थिए, प्रहरीले भनेको छ, साँघुरो बाटो भएका कारण एक्कासी लडेर महाकालीमा बेपत्ता भएको अनुमान गरिएको छ । बेपत्ता भएका टमाटाको खोजी कार्य जारी रहेको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बेपत्ता टमाटाको खोजी कार्य गरिरहेको बताइएको छ । झुलाघाटबाट सेरा जाने बाटो निकै साँघुरो रहेको र हिडडुल गर्नेहरुलाई निकै जोखिम रहेको बताइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया