दार्चुला । संविधान दिवशको दिन सुदूरपश्चिम प्रदेश सरकारमा दार्चुलाको नौगाड गाँउपालिका र मार्मा गाँउपालिकाका वडा बिभाजन सम्बन्धि प्रस्ताब पेस गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकार मन्त्रीपरिसद बैठकले नेपाल सरकार लाई दार्चुलाका दुई र बाजुराका एक स्थानीय तहमा वडा विभाजनका लागि नेपाल सरकारलाई सिफारिस गरेको हो ।
दार्चुलाको मार्मा र नौगाड तथा बाजुराको हिमाली गाँउपालिकामा वडा विभाजन गर्ने प्रस्ताव अनुमोदनका लागि संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरिएको प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामी सन्तोषले जानकारी दिनुभयो । मार्मा र नौगाडका केहि बस्ती वडा कार्यालयबाट भगौलिक रुपमा दुर्गम तथा निकै टाढा भएकोले नजिकबाट सेवा प्रवाह गर्न सकियोस भनेर वडा विभाजनको प्रस्ताव गरिएको बताइएको छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया