पहिरो पीडितको पुनस्थापना गर्न प्रदेश र संघीय सरकारलाई ज्ञापन, बस्ती स्थानान्तरणको सिफारिस

दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिकामा गत भदौ १३ गतेको बाढी बाढी/पहिरोले ठूलो जनधनको क्षती हुनुका साथै केहि बस्ती क्षतविक्षत भएपछि पहिरो पीडितको पुनस्थापनाका लागि प्रदेश सरकार र संघीय सरकारलाई अनुरोध गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकार र नेपाल सरकारलाई बाढी/पहिरो पीडितलाई राहात र पुनस्थापनाका लागि विशेष विकास प्याकेज घोषणा गरिदिन ज्ञापनपत्र मार्फत अनुरोध गरिएको हो ।

शनिबार बाढी/पहिरो पीडितको पुनस्थापनाको माग राख्दै दिइएको ज्ञापन पत्र बुझ्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले तत्काल मृतकका परिवारलाई सहज तरिकाले राहत दिन लगाउने, घरबार विहिनलाई अस्थायी बसोबासका लागि आवश्यक सामाग्री सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, बस्ती स्थानान्तरणका लागि जग्गा दिने अधिकार प्रदेश सरकारसँग नरहेकोले संघ सरकारसित समन्वय गरेर अघि बढ्नुपर्ने आवश्यकता औल्याउनुभयो । मुख्यमन्त्री भट्टले राहत वितरणमा देखिएका बाधा, अड्चन फुकाउन तत्कालै मन्त्री परिषदको बैठक बसेर आवश्यक निर्णय गर्ने बताउनुभयो । हालको कार्यविधि अनुसार बाढी/पहिरोले घर भत्केकालाई अर्को घर बनाउन १५ हजार दिने व्यवस्था रहेको र उक्त रकम कम हुने भएकोले सो रकम पनि बढाउने गरेर गृहकार्य भइरहेको उहाँको भनाइ थियो । सो अवसरमा नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेशका सहचन्चार्ज लक्ष्मणदत्त जोशी, प्रदेश सभाका उपसभामुख निर्मला जोशी, प्रदेश सभा सदस्य तथा सार्वजनिक लेखा समितिका सभापति कुमारी नन्दा वम, जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख करवीर कार्की र दुगु गाउँपालिकाका अध्यक्ष पुलेन्द्रबहादुर कार्की, पहिरो प्रभावित वडाका वडाअध्यक्षहरु लगायतले मुख्यमन्त्रीलाई बाढी÷पहिरो पीडितका समस्या र समाधानका उपाय सुझाएका थिए ।

गत भदौ १३ गते दुहु गाउँपालिकाका विभिन्न ठाउँमा आएको बाढी÷पहिरोमा परेर पाँच जनाको ज्यान गएको थियो । बाढी/पहिरोले ६४ परिवार पूर्णरुपमा विस्थापित भएका, ९५ घर उच्च जोखिममा र ११५ घरमा आंशिक क्षति भएको दुहुँ गाउँपालिकाको तथ्यांकमा उल्लेख छ । यस्तै गरेर पाँच माइक्रो हाइड्रो, छ झोलुंगे पुल, एउटा मोटरेवल पुल पूर्णरुपमा क्षति भएको अध्यक्ष कार्कीले बताउनुभयो । यस्तै गरेर तीन किलोमिटर सडक, दर्जन बढी खानेपानी आयोजना, कुलो, सामुदायिक र विद्यालय भवनमा क्षति पुगेको छ । नेपाल सरकारलाई ज्ञापन बुझाउन टोली धनगढी हुँदै संघीय राजधानी काठमाण्डौँ गएको छ ।

यसैबिच जिल्ला विपद् व्यवस्थापन समितिले दुहुँ गाउँपालिकाको बाढी प्रभावित वस्तीलाई स्थानान्तरणको लागि पहल गर्ने निर्णय गरेको छ । दुहुँ गाउँपालिका वडा नम्बर २ को नरोली, अफरे, बथ्थोली, अङिरखाड, वडा नम्बर ५ को सिमार, नागचौपाती, मखमाली, दमाउढुङ्गा, चुच्चौगाडाका वस्ती स्थानन्तरण गर्नुपर्ने भएको छ । बैठकले बाढी प्रभावित भएर बस्नै नसकिने दुहुँका वस्तीलाई स्थानान्तरणको लागि गृह मन्त्रालयमार्फत सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरेको प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

बैठकले यस वर्षको मनसुन जन्य अविरल वर्षाका कारण विभिन्न मितिमा वर्षासंगै आएको बाढीपहिरोबाट विभिन्न स्थानीय तहहरुमा विपदबाट व्यक्तिहरुका घर÷आवास पूर्ण क्षति तथा विपदबाट घर÷आवास जोखिम भई विस्तापित भएका विपद पीडित परिवारहरुलाई स्थानीय तहहरुबाट सिफारिस भए अनुसार पुर्नस्थापना, पुनर्निर्माण र मर्मत प्रबलीकरण कार्यका लागि गृह मन्त्रालय, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सिफारिस गर्ने निर्णय गरेको सहायक प्रजिअ जोत्सना भट्ट जोशीले बताउनुभयो । भौतिक पुर्वाधार निर्माण र पुननिर्माणका लागि समेत सरोकारवालाहरुलाई अनुरोध गर्ने निर्णय गरिएको छ । दुहुँ गाउँपालिकाको वडा नम्बर २, ३ र ५ मा बाढी र पहिरो गई क्षतिग्रस्त बस्तीहरु नरोली, राता, गुना, अफरे, बथ्थोली, सिमार, सुतखोला लगायत क्षेत्रहरुका बस्तीहरु क्षति भएकाले भौगर्भिक अध्ययनको लागि भु–गर्भ विदको टोली खटाई पठाउन नेपाल सरकार गृह मन्त्रालय मार्फत सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय बैठकले गरेको छ । दार्चुलाका विभिन्न स्थानीय तहमा मनसुनजयन्य विपदबाट ठूलो जनधनको क्षती भएको छ ।

No description available.

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?