शैल्यशिखर नगर समिति सचिवमा विष्टद्धारा उम्मेदवारी घोषणा

दार्चुला । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत शैल्यशिखर नगरपालिकाको नगर समिति सचिव पदका लागी युवा नेता सुरेश विष्टले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ। नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलको शैल्यशिखर नगर सभापति भइसक्नु भएका बिष्टले काग्रेशको नगर सचिव पदका लागि उम्मेदवारी दिने घोषणा गर्नुभएको हो।

शैल्यशिखर नगरपालिका वडा नम्बर ९ नक्तड घर भएका विष्टले २०६६ साल देखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेको बताउनुभयो । पार्टी संगठनलाई बलियो बनाउन नगर सचिव पदमा आफ्नो उम्मेदवारी रहेको बिष्टको भनाई छ । शैल्यशिखरसहित दार्चुलाका विभिन्न स्थानीय तहमा काग्रेशका युवा नेताहरुले विभिन्न पदमा आफ्नो उम्मेदवारी घोषणा गरिरहेका छन् । शैल्यशिखर नगरसभापती पदका लागि युवा नेता जगदिश बिष्टले समेत उम्मेदवारी घोषणा गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?