अध्यादेशबारे सत्तागठबन्धनभित्रै मतभेद, मन्त्रिपरिषदले छिट्टै पूर्णता पाउँछ: प्रधानमन्त्री

दार्चुला । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई छिट्टै पूर्णता दिइने बताउनुभएको छ । आज प्रतिनिधि सभा बैठकमा भाग लिएर निस्किएका प्रधानमन्त्री देउवाले पत्रकारहरूको प्रश्नमा मन्त्रिपरिषदले छिट्टै पूर्णता पाउने बताउनुभयो । प्रधानमन्त्री देउवाले हालसम्म कांग्रेसबाट २ र माओवादीबाट २ मन्त्री तथा कांग्रेसबाट एक राज्यमन्त्री बनाउनुभएको छ ।

प्रधानमन्त्री देउवाले १७ मन्त्रालय आफैँसँग राख्नुभएको छ । देउवाले सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेतासँग मन्त्रीका लागि नाम मागे पनि अहिलेसम्म नाम दिएका छैनन्। राजनीतिक दल सम्बन्धी अध्यादेश निष्कृय बनाएपछि मात्रै जसपा सरकारमा जान इच्छुक छ। तर नेकपा (एकीकृत समाजवादी) ले भने अध्यादेश पारित हुनुपर्ने बताइरहेको छ। सत्तागठबन्धनभित्रै मन्त्रिपरिषद विस्तार कहिले गर्ने भन्नेमा एकमत देखिएको छैन।

जसपा अध्यक्ष उपेन्द्र यादवले दल विभाजन सम्बन्धी अध्यादेश खारेज भएपछि मात्रै मन्त्रिमन्डलले पूर्णता पाउने बताउनुभयो । संसद भवन बाहिर आज पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष यादवले दल विभाजन सम्बन्धी अध्यादेशले अस्थिरता निम्त्याउने भएकोले त्यो पहिले निस्कृय हुनुपर्ने बताउनुभएको हो । अध्यक्ष यादवका अनुसार मन्त्रालयको भागबन्डाबारे पनि छलफल बाँकी नै छ। कुन दलले कुन मन्त्रालय लिने भन्नेबारे छलफल बाँकी नै रहेको उहाँको भनाइ थियो।

नेपाली कांग्रेसका सभापति देउवा गत असार २९ मा प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । तर हालसम्म मन्त्रीपरिषदले पूर्णता पाउन सकेको छैन् । एमालेको विरोधका बिच बजेट भने सोमबार प्रतिनिधिसभाबाट पारित गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?