महाकालीमा बेपत्ता लेकमका टमाटा अझै भेटिएनन्

दार्चुला । बाटोबाट लडेर महाकाली नदीमा बेपत्ता भएका दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ३ का २७ बर्षीय टीकाराम टमाटा अझै फेला परेका छैनन् । आइतबार दिउँसो बैतडीको झुलाघाटबाट सेरा हुँदै लेकम आउने क्रममा झुलाघाट र सेराको बीचमा पर्ने बाटोबाट लडेर टमाटा बेपत्ता भएका थिए ।

टमाटा भारतको झुलाघाटबाट सामान किनेर लेकम आउदै गरेका थिए । साँघुरो बाटो भएका कारण टमाटा एक्कासी लडेर महाकालीमा बेपत्ता भएका प्रहरीले जनाएको छ । महाकालीमा बेपत्ता भएका टमाटाको आइतबारदेखि खोजी कार्य जारी रहेको भएपनि अहिले सम्म फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताउनुभयो ।

टमाटाको खोजीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ । झुलाघाटबाट सेरा जाने बाटो निकै साँघुरो रहेको र हिडडुल गर्नेहरुलाई निकै जोखिम रहेकोले दुर्घटनाको जोखम रहेको स्थानीयहरुले बताएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?