रिल पहिरोले स्कारपियो र बोलेरो जीपमा क्षती (फोटोफिचर)

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका–३ रिल पहिरोमा पहिरो खस्दा दुई वटा गाडीमा क्षती भएको छ । मंगलबार विहान साढे ९ बजे लटिनाथबाट गोकुलेश्वरतर्फ जादै गरेको बा २१ च ७२७९ नम्बरको स्कारपियो गाडी र से १ ज ८४९ नम्बरको बोलेरो जीपमा क्षती भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

स्कारपियोका चालक कञ्चनपुरको कृष्णपुरा नगरपालिका बस्ने ३५ बर्षीय गणेश भट्टका अनुसार गाडीमा ठूलो क्षती भएको छ । बोलेरो जीपको अगाडी र स्कारपियोको पछाडीको भागमा बढी क्षती भएको छ । माथिबाट खसेको ठूलो ढुगांले गाडीको पछाडीको भाग थिचिएपछि चलाउन सकिने अवस्थामा नरहेको प्रहरीले जनाएको छ । पहिरोको छेउमा गाडी रोकेर भाडा उठाउदै गर्दा माथिबाट ढुगां खसेर क्षती भएको बताइएको छ । अहिले प्रहरी टोली घटनास्थलमा खटिएको छ । पहिरोले मानविय क्षती भने नभएको र दुई वटा गाडीमा क्षती पुगेको स्थानीयहरुले बताएका छन् ।

No description available.

रिल पहिरो जान थालेको ८८ वर्ष भइसक्दा समेत पहिरो रोकिएको छैन् । पहिरोका कारण वडा नम्बर ३ को सल्लेथुम बस्ती जोखिममा छ । अहिले स्थानीय रनबिरसिहं बिष्टको घर पहिरोको उच्च जोखिममा रहेको वडा नम्बर ३ का वडाअध्यक्ष पुष्करसिह बिष्टले जानकारी दिनुभयो । पहिरो व्यवस्थापनमा निकै चुनौती देखिएको मार्मा गाउँपालिकाले जनाएको छ । रिल पहिरोका कारण दार्चुलाको मार्मा गाउँपालिका र अपिहिमाल गाउँपालिकालाई जोड्ने बिटुले लटिनाथ पारिवगर खण्डेश्वरी सडक सञ्चालनमा समेत समस्या भइरहेको छ ।

स्थानीयहरुका अनुसार मार्मा गाउँपालिका–३ मा १९९० सालको भूकम्पका कारण गएको रिल पहिरो खस्ने क्रम अझै पनि नरोकिएको हो । पहिरो पन्छ्याएर सडक सञ्चालन गर्ने गरिएको भए पनि रिल पहिरो क्षेत्रमा निरन्तर ढुङ्गामाटो खसिरहेकोले नियमित यातायात सञ्चालन गर्न समस्या भइरहेको वडाध्यक्ष बिष्टले बताउनुभयो । बिटुले पारीबगड सडकखण्ड अन्तरगत विभिन्न क्षेत्रमा पहिरो खस्ने भएकाले वर्षातमा निकै समस्या हुने गरेको स्थानीय धिरेन्द्र धामीले बताउनुभयो । उहाँका अनुसार, पहिरो क्षेत्रमा यात्रु र यातायात व्यवसायीहरुले दुर्घटनाको जोखिममा पनि आवातजावत गर्ने गरेका छन् ।

पहिरोका कारण अपिहिमाल र मार्मा गाउँपालिकाका स्थानीय बेलाबेला पैदल यात्रा गर्न बाध्य छन् । टाढाबाट गएका मानिसहरु भने बीच बाटोमै अलपत्र पर्ने गरेका छन् । सडक सञ्चालन भएपछि अपि र मार्माका स्थानीयहरुलाई सहज भएको भएपनि बेलाबेला सडक अवरुद्ध हुँदा सास्ती भोग्नुपरेको छ । सडक नियमित सञ्चालनका लागि मार्मा गाउँपालिका–३ को च्युरानीबाट चौलानी नदीमा पुल हालेर वडा नम्बर ४ को शेरीबाट मर्मती हुँदै लटिनाथ सडक लैजानुपर्ने वडा नम्बर ४ का स्थानीय इन्द्रसिह बिष्टले बताउनुभयो । अहिले रिल पहिरो क्षेत्रबाटै सडक गएकोले बेलाबेला सडक अवरुद्ध हुने गरेको छ । सडक अवरुद्ध हुदा चालक र यात्रुहरुले सास्ती भोग्नुपरेको छ ।

वर्षौ पहिले ठूलो पहिरो खसेको उक्त क्षेत्रमा बेलाबेला पहिरो खसिरहने भएकाले त्यस क्षेत्रको नाम नै रिल पहिरो रहन गएको स्थानीय बिष्टले बताउनुभयो । वर्षातको समयमा मात्र हैन हावाहुरी चल्दा समेत उक्त क्षेत्रमा पहिरो खस्ने गरेको छ ।

No description available.

No description available.

No description available.

तस्बिर सौजन्य: पानसिह धामी

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?