दार्चुलामा अम्बाको रुखबाट खसेर एक बालक घाइते, भीरबाट लडेर महिलाको मृत्यु

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ का ५ वर्षीय भुपेस साउद अम्बाको रुखबाट खसेर घाइते भएका छन् । अम्बा टिप्न रुखमा चढेको बेला उनी अकस्मात खसेर घाईते भएको आफन्तहरुले बताएका छन् । घाइते साउदलाई उपचारको लागि गोकुलेश्वर अस्पताल लगिएको छ ।

यस्तै दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बलाँचका ६० वर्षीया राधिका खडायतको भीरबाट लडेर मृत्यु भएको छ । जंगलमा खर काट्न गएका बेला आज दिउसो भिरबाट लडेर खडायत घाइते हुनुभएको थियो । घाइते खडायतलाई उपचारको लागि गोकुलेश्वर अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?