पुर्चौडी नगरपालिकाको केन्द्रमै टिप्दैन मोबाईल नेटवर्क

दार्चुला । बैतडीको पुर्चौडी नगरपालिकाको केन्द्र रहेको हाटमा मोबाईल नेटवर्कले काम नगर्दा समस्या हुने गरेको बताइएको छ। बैतडीको सबैभन्दा ठूलो पुर्चौडी नगरपालिकाको केन्द्र हाटलगायत अन्य वडाहरुमा पनि भनेको र चाहिएको बेला फोन नलाग्ने समस्या रहेको वडा नम्बर ७ भवनेका लोगराज जोशीले बताउनुभयो। उहाँले सामाजिक सञ्जाल फेसबुकमा गुनासो पोख्दै लेख्नुभएको छ, नेपालको सहरी क्षेत्रलाई नगरपालिका घोषणा गरिएको छ। तर त्यस्तो नगरपालिका पनि छ जसको केन्द्रमासमेत फोन नलाग्ने समस्या छ।

नेपाल टेलिकमको टावर नगरपालिकाको वडा नम्बर ५ को दहताल डाडोमा भएपनि सोलारबाट चार्ज हुने भएकाले पानी परेको, मौसम बदली भएको दिन दिउँसोसमेत नेटवर्क नदेखाउने समस्या रहेको वडा नम्बर ७ की अर्की स्थानीय पार्वती अवस्थीले बताउनुभयो । ३० हजार बढी जनसंख्या र साबिकका पुर्चौडी क्षेत्रका १० गाविस मिलाएर पुर्चौडी नगरपालिका घोषणा गरिएको भएपनि नगरपालिका हुनलाई आवश्यक मापदण्ड खानेपानी, विजुली, सडक सञ्जाल, स्वास्थ्य सेवा, संचार लगायतका सुविधाको अझै अभाव रहेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?