परराष्ट्र मन्त्रीको सपथ लिँदै नारायण खड्का, आजै अमेरिका जाने

दार्चुला । प्रधानमन्त्री शेरबहादुर देउवाले आज परराष्ट्र मन्त्री नियुक्त गर्ने तयारी गर्नुभएको छ । कांग्रेसमा परराष्ट्र विभाग हेर्दै आउनुभएका केन्द्रीय सदस्य तथा सांसद नारायण खड्कालाई परराष्ट्र मन्त्री नियुक्त गरेर आजै सपथ ग्रहण गराउने तयारी छ।

मंगलबार सत्तारूढ गठबन्धनको बैठकमा परराष्ट्र मन्त्रालय कांग्रेसले नै राख्ने सहमति भएको थियो। गठबन्धन बैठकमा सहभागी कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले परराष्ट्र मन्त्री नियुक्त गर्नेबारे कुनै पनि विवाद नरहेको र गठबन्धनमा सर्वसम्मत निर्णय गरिएको बताउनुभयो । कांग्रेसका एक पदाधिकारीले दिएको जानकारी अनुसार खड्का नै परराष्ट्र मन्त्री हुनेछन्। यसबारे सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलसहित शीर्ष नेतासँग कुराकानी गरिरहनुभएको छ ।

खड्काका स्वकीय सचिव लीला भट्टराईले दिएको जानकारीअनुसार खड्काले केही समयपछि राष्ट्रपति कार्यालयमा सपथ ग्रहण गर्नुहुनेछ । सपथ ग्रहणपछि उहाँले परराष्ट्र मन्त्रालय गएर पदबहाली गर्नुहुनेछ । राष्ट्रपति कार्यालय स्रोतले पनि मन्त्रीको सपथको तयारी भइरहेको तर समय टुंगो नभएको जनाएको छ।

आजै बेलुकी संयुक्त राष्ट्रसंघीय महासभामा नेपाली प्रतिनिधित्व मण्डलको नेतृत्व गर्दै खड्का अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ। परराष्ट्र मन्त्रालय स्रोतले खड्कासहितको टोली अमेरिका जानेबारे सबै तयारी पूरा भइसकेको जानकारी दिएको छ। सकभर आजै बेलुका नभए भोलि बिहानसम्म मन्त्री खड्कासहितको टोली अमेरिका जाने तयारी छ, परराष्ट्र स्रोतले भन्यो। परराष्ट्रमन्त्री सँगै सचिव भरतराज पौडेल, युएन महाशाखाका प्रमुखलगायत अधिकारीहरू न्युयोर्क जाँदै छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?