कर्मयोग भन्दा ठूलो योग छैन, सङ्घर्षको सुख नै सर्वोत्तम सुख हो

१, जननी र जन्मभूमि स्वर्गभन्दा पनि प्यारो हुन्छ – महर्षि वाल्मीकि

२, परोपकारभन्दा ठूलो पुण्य र परपीडनभन्दा ठूलो पाप अर्को हुँदैन – महर्षि वेदव्यास

३, कर्मयोगभन्दा ठूलो योग अर्को हुँदैन – भगवान् श्रीकृष्ण

४, त्यही व्यक्ति महान् बन्न सक्छ जसको विचार महान् हुन्छ – गौमबुद्ध

५, भोकाएको मानिसलाई ज्ञानकोभन्दा भोजनको बढी महत्व हुन्छ – सत्यसाई बाबा

६, शरीरका अङ्गहरू शरीरसँग अभिन्न भएजस्तै सबै जातजाति समाजका अङ्ग हुन् भन्ने बिर्सनुहुन्न – सत्यसाई बाबा

७, जसले जानेको छु भन्छ वास्तवमा उसले केही पनि जानेको हुँदैन – बालकृष्ण सम

८, आत्मज्ञान प्राप्त गर्नका लागि घृणा र तिरस्कारबाट माथि उठ्नुपर्छ – महावीर

९, जसमा जित्ने आकांक्षा हुन्छ उसले आधा जितिसकेको हुन्छ भने जसमा हुँदैन उसले आधा हारिसकेको हुन्छ –स्वेट् मार्टेन

१०, भगवान्लाई मूर्तिमा होइन आफ्नो आत्मामा खोज्नुपर्छ – आचार्य चाणक्य

११, संसारमा असल र खराब भन्ने नै हुँदैन मानिस आफ्नै विचारले नै असल र खराब बनाइरहेका हुन्छन् – विलियम शेक्सपियर

१२, आलोचकसित डराउनु बेकार छ किनकि सच्चा मित्र भनेकै तिनीहरू नै हुन् – आचार्य भर्तृहरि

१३, जो अरूका लागि बाँच्ने गर्छन् उनीहरूका लागि बाँच्ने अरू नै हुन्छन् – परमहंस योगानन्द

१४, धर्म बिनाको विज्ञान लङ्गडो हुन्छ भने विज्ञान बिनाको धर्म अन्धो हुन्छ – अल्बर्ट आइन्स्टाइन

१५, मन र शरीरप्रति इमान्दार हुनु नै देश र समाजप्रति इमान्दार हुनु हो – खप्तड स्वामी

१६, निराशावादीले अवसरभित्र पनि समस्या नै देखिरहेको हुन्छ भने आशावादीले समस्याभित्र पनि अवसर नै देखिरहेको हुन्छ – विन्स्टन चर्चिल

१७, सङ्घर्षको सुख नै सर्वोत्तम सुख हो – म्याक्सिम गोर्की

१८, अज्ञानी हुनु त्यति लाजमर्दो कुरा होइन, जति जान्ने इच्छा नराख्नु हो । अज्ञात

१९, त्यही काम चयन गर, जो तिमीलाई रुचि लाग्छ । पूरै जिन्दगीभर एकदिन पनि काम गरेको अनुभूत हुनेछैन । कन्फ्युसियस

२०, स्वस्थ्य सबैभन्दा ठूलो उपहार हो, सन्तोष सबैभन्दा ठूलो धन हो, वफदारी सबैभन्दा ठूलो सम्बन्ध हो । गौतमबुद्ध

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?