दार्चुला । हिमाली जिल्ला दार्चुलाका १८ वर्षमाथिका सबै नागरिकलाई असोज १० गतेदेखि १४ गतेसम्म कोरोना खोप लगाइने भएको छ । स्वास्थ्य विभागको निर्णय बमोजिम बिहीवार बसेको कोभिड—१९ खोप समन्वय तथा अनुगमन समिति दार्चुलाको बैठकले १८ वर्षमाथिका पहिलो मात्रा लगाउन बाँकी सबै नागरिकलाई भेरोसेल खोप लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीले बताउनुभयो ।
दार्चुलाका लागि ४० हजार डोज भेरोसेल खोप उपलब्ध भएका छ । यस्तै जोन्सन एण्ड जोन्सन खोप मौज्दात रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालय दार्चुलाले खोप लगाउनका लागि आफ्नो परिचय खुल्ने परिचय पत्र लिएर खोप केन्द्रमा जान अनुरोध गरेको छ । हालसम्म दार्चुलामा ४० हजार १ सय ७० जनाले पहिलो र दोस्रो मात्रा खोप लगाइसकेका छन् । जिल्लाका सबै स्थानीय तहका सबै वडामा खोप केन्द्र रहेका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया