होपरिगाड जलविद्युत आयोजना मर्मतपछि सञ्चालनमा

दार्चुला । नौगाड गाउँपालिका वडा नम्बर ४ मा रहेको होपरिगाड जलविद्युत आयोजना मर्मत गरेपछि सञ्चालनमा आएको छ । विगत १०÷१२ दिनदेखी मोटरमा खराबी आएर बन्द रहेको जलविद्युत विहिबारदेखि सञ्चालनमा आएको आयोजनाका अध्यक्ष कालु महताले जानकारी दिनुभयो ।

विहिबार बसेको भेलाले विद्युत व्यवस्थापन सम्बन्धि विभिन्न निर्णय गरेको छ । लामो समयसम्म विद्युत महशुल नतिर्नेहरुको नाम सार्वजनिक स्थानमा टाँस गरि वडा कार्यालयलाई कारबाहीका लागि अनुरोध गर्ने तथा २० प्रतिशत जरिवाना गर्ने लगायत निर्णय गरिएको महताले बताउनुभयो । थ्री फेज लाइन मिटर भएका उपभोक्ताहरुबाट प्रती युनिट ५ रुपैया, मिटर नभएकाहरुबाट एक हजार रुपैया प्रतिमहिना महशुल उठाउने निर्णय गरिएको छ । सानो चक्की सिंगल फेज चलाउनेका लागि प्रतिमहिना एक हजार पाँच सय, काठ चिरानी सानो मेसिन प्रयोग कर्ताहरुले एक हजार, सिलाई सेन्टर आइरन चलाउनेहरुका लागि पाँच सय, फोटो स्टुडियो चलाउनेहरुले प्रतिमहिना दुई सय महशुल तिर्नुपर्ने निर्णय गरिएको छ । टिभी चलाउनेहरुले प्रतिमहिना ८० रुपैया र पसलहरुमा फ्रीज चलाउनेहरुले एक सय प्रतिमहिना तिर्नुपर्ने निर्णय गरिएको छ ।

विद्युतबाट उठेको महशुल रकम हाम्रो कृषि सहकारी संस्थामा राखेर सहकारी संस्थामार्फत कारोबार गर्ने तथा विद्युतमा काम गर्ने कर्मचारीहरुको तलब व्यवस्थापन लगायत मर्मत सम्भार कोषमा प्रतिघरधुरी तथा संघसंस्थाबाट एकमुष्ट पाँच सय रुपैया मंसिर महिनाभित्र बुझाई सक्नुपर्ने र सहकारीले दिने ब्याज थप ४० रुपैया लिइ आफ्नो रकम फिर्ता लिनुपर्ने निर्णय गरिएको छ । एक वर्षमा अग्रीम महशुल बुझाउने ग्राहकहरुलाई ५० रुपैया छुट र प्रतिमहिनाका दरले अग्रिम भुक्तनी गर्ने उपभोक्ताहरुका लागि ५ रुपैयाका दरले क्रमश ११–४५ र १०–४० सम्म छुट गर्ने गरि निर्णय गरिएको जलविद्युत आयोजनाका अध्यक्ष महताले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?