दार्चुला । दार्चुलामा चाडपर्व लक्षित सुरक्षा योजना लागू गर्न तयारी थालिएको छ। दशैं, तिहार र छठ पर्वमा विभिन्न अपराधिक क्रियाकलाप तथा दुर्घटना बढ्न सक्ने भएकाले उक्त योजना गर्न लागिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
चाडपर्वका बेला हुनसक्ने चोरी, डकैती र ठगी लगायतका अपराधिक गतिविधिलाई ध्यान दिँदै सुरक्षा योजना लागु गरिने प्रहरी निरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो । जिल्लाभरीका सुरक्षा निकायले सुरक्षा योजना अनुसार अनुसार गतिविधि बढाउने बताइएको छ । विभिन्न स्थानमा नागरिक सहायता कक्ष स्थापना गर्ने, राजमार्ग क्षेत्रमा सरप्राइज चेकिङ गर्ने र स्थानीय प्रशासनसँगको समन्वयमा बजार अनुगमन गर्ने तथा सुरक्षा गस्ती र निगरानी बढाउने प्रहरीको योजना छ ।
यातायातका साधनहरु र सीमा नाकामा यात्रु ठगिने तथा लागुऔषध, विस्फोटक पदार्थ जस्ता वस्तु ओसारपसार हुनसक्ने भएकाले प्रहरी परिचालन गर्ने योजना रहेको उहाँले बताउनुभयो । बैंक तथा वित्तीय संस्थाको सुरक्षाका लागि पनि विशेष टोलीहरु परिचालन गरिने प्रहरीले जनाएको छ । सुरक्षा योजना सफल बनाउन सबैको सहयोग आवश्यक हुने प्रहरी निरीक्षक चन्दले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया