दार्चुला । दार्चुला सदरमुकामस्थित खलंगा बजार अनुगमन गरिएको छ । बजार अनुगमन समिति संयोजक एबं सहायक प्रमुख जिल्ला अधिकारी जोत्सना भट्ट जोशीको नेतृत्वमा सरोकारवाला कार्यालयका प्रतिनिधिको सहभागितामा झण्डै २० वटा पशलको छड्के अनुगमन गरिएको हो । अनुगमनका क्रममा हंस ट्रेडर्स एण्ड सप्लायर्स र दिनेश मासु पसल एण्ड फ्रेस हाउसका संचालकलाई जनही १५/१५ हजारकादरले ३० हजार जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
बजार अनुगमनको क्रममा म्याद नाघेको तथा सडेगलेका अखाद्य बस्तुको बिक्रिबितरण गर्ने पशलहरुलाई कारर्वाही गरिएको छ । खलंगा बजारका दुई वटा पशललाई १५ हजारका दरले जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका सूचना, प्रविधि अधिकृत मोहन भट्टले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयदेखि पुलघाटसम्म र बिच बजार र मल्लो रोडका समेत केहि पशलमा छड्के अनुगमन गर्दा सडेगलेको तथा म्याद नाघेको अखाद्य सामाग्री बरामद गरिएको छ । बिच बजारको एउटा मासु पशलमा अनुगमन गर्दा ३० किलोग्राम सडकेको मासु फेला परको छ । कुहिएर कालो भइसकेको गन्हाएको मासु बेच्नका लागि फ्रिजमा राखेको पाइएपछि उक्त पशललाई १५ हजार जरिवाना गरिएको छ । यस्तै पुलघाट पिपलचौतारा नजिक हंशराज भट्टको किराना पशलमा म्याद नाघेको ८३ प्याकेट मसला, एक कट्टा सडेको पाप्पड र कुहिएको ५ किलो नारिवल फेला परेपछि उक्त पशललाई समेत १५ हजार जरिवाना गरिएको छ । दुबै पशललाई एक हप्ताभित्र १५ हजार जरिवाना प्रशासनको धरौटी खातामा जम्मा गर्न पत्राचार गरिएको छ ।
शुक्रबार गरिएको बजार अनुगमनका क्रममा मानव स्वास्थ्यका लागि हानिकारक तथा सडेगलेका अखाद्य बस्तुहरु खासगरी मसला, पिठो, नारिवल, पाप्पड, मासु लगायत सामाग्री बरामद गरिएको भट्टले बताउनुभयो । ठगुन्ना जनरल स्टोर (खर्यालको) पशलबाट दुई कुण्डल र जिल्ला अदालत नजिकको एक पशलबाट ७० किलोग्राम सडेको पिठो बरामद गरिएको बताइएको छ । अनुगमनमा प्रशासन, घरेलु र पशु कार्यालय, महाकाली नगरपालिका, जिल्ला प्रहरी कार्यालय, उद्योग बाणिज्य संघ र पत्रकार महासंघका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । मूल्य सूची नराख्ने, म्याद नाघेको तथा सडेगलेको सामाग्री बिक्रि वितरण गर्ने व्यापारीहरुलाई सचेत पार्दै गल्ती सुधार नरेर कडा कारवाही गर्ने चेतावनी समेत दिइएको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ मा भएको व्यवस्था अनुसार उपभोक्ता हकहित संरक्षणका लागी टोलीले आकस्मिक बजार अनुगमन तथा निरिक्षण गरेको बताइएको छ ।
बजारमा कालोबजारी मौलाएको अवस्थामा समेत बजार अनुमगनको जिम्मेवारी पाएका कार्यालय र स्थानीय सरकारले अनुगमनको जिम्मेवारी पुरा गर्न नसकेको स्थानीयको गुनासो छ । एकातिर अधिकतम खुद्रा मुल्य भन्दा बढी तिरेर महगोंमा सामान किन्नुपर्ने बाध्यता छ भने अर्कोतिर म्याद नाघेका, सडेगलेका अखाद्य बस्तुहरु समेत बजारमा बिक्रिवितरण हुने गरेका छन् । ग्रामिण क्षेत्रमा कसैले पनि सामानको मूल्यशूची राखेका छैनन । सदरमुकाम क्षेत्रमा पसलमा समेत कालोबजारी हुने गरेको छ । अधिकासं पशलले मुल्य सूचि नै अपडेट गरेका छैनन् । स्थानीय बजारमा अनुगमन नहुने भएकाले व्यापारीहरूको मनपरी हुने गरेको स्थानीय बताउँछन । म्याद नाघेका सामग्रीहरू व्यापारीले बेच्ने गरेका छन् । उपभोक्ताहरु सचेत र एकजुट तथा व्यापारीहरु जिम्मेवार नहुदासम्म कालोबजारी रोक्न चुनौती रहेको प्रशासनले जनाएको छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया