दार्चुला । दार्चुलामा शुक्रबार राती भूकम्पको धक्का महसुस भएको छ। राती ८ बजेर ४० मिनेट जादा दार्चुलाभन्दा ४० किलोमिटर भारततर्फ केन्द्रबिन्दु बनाएर ४ दशमलव ४ रेक्टर स्केलको भुकम्प गएको हो। सो भुकम्पको धक्का नेपालतर्फ दार्चुलामा पनि महसुस गरिएको थियो।
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको ठूलो धक्का महसुस भएपछि मानिसहरु घरबाट बाहिर निस्किएका थिए । सुदूरपश्चिमका पहाडी जिल्ला र भारतको उत्तराखण्ड प्रदेशमा पटकपटक भुकम्पको भक्का महसुस हुने गरेको छ । महाकाली क्षेत्र भुकम्पको उच्च जोखिममा रहेको भुकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया