दार्चुला । नेकपा माओवादी केन्द्रको भातृ सङ्गठन अनेरास्ववियू (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेश कमिटीको सदस्यमा दार्चुलाको शैल्यशिखर नगरपालिकाका २० वर्षीय नवीन विष्ट सर्वसम्मत चयन भएका छन् । विष्ट अनेरास्ववियू (क्रान्तिकारी) का दार्चुला जिल्ला सचिव पनि हुन् । उक्त सम्मेलनले शैल्यशिखरका अर्का विद्यार्थी नेता नवराज विष्टलाई पनि प्रदेश कमिटीमा चयन गरेको छ । दार्चुला बाट ९ जना प्रदेश कमिटीमा रहेको बताइएको छ ।
गत बिहीबार धनगढीमा सम्पन्न प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलनले नेता द्वय विष्टलाई प्रदेश कमिटी सदस्य चयन गरेको हो। असोज ५ गतेबाट सुरु भएको बन्द सत्रबाट ९९ सदस्य रहेको प्रदेश कमिटी गठन गरिए पनि अझै पदाधिकारी चयन भएका छैनन् । अहिले ९९ जना सदस्यबाट पदाधिकारी चयनका लागि तयारी थालिएको हो । सम्मेलनमा नेकपा माओवादी केन्द्र सुदूरपश्चिम इन्चार्ज खगराज भट्ट, अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष रञ्जित तामाङ, उपाध्यक्ष द्वय सुरेन्द्र बस्नेत, दीपक जोशी लगायतको उपस्थिति रहेको थियो ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया