दार्चुलामा करेन्ट लागेर एक महिलाको ज्यान गयो

दार्चुला । महाकाली नगरपालिका वडा नम्बर ३ झुस्कुमा करेन्ट लागेर शनिबार एक महिलाको घटनास्थलमै ज्यान गएको छ । ज्यान गुमाउनेमा झुस्कु बस्ने अन्दाजी ५० वर्षीया द्रोपती बडू रहेको स्थानीयले बताएका छन् । नेपाल विद्युत प्राधिकरण दार्चुलाको लापर्बाहीका कारण ति महिलालाई करेन्ट लागेको बताइएको छ ।

घर नजिकैको गडानी भन्ने स्थानमा घास काट्न गएका बेला भुईमा खसेको विद्युतिय तारबाट करेन्ट प्रवाह भएर उहाँको घटनास्थलमै मृत्यु भएको हो । महाकाली नगरपालिका वडा नम्बर २ को वडा कार्यालय र मल्लो सेला बजारमा विद्युतीकरण गर्न विगतमा दार्चुला विद्युत प्राधिकरणले ग्याबिन तारमा विद्युत तानेको थियो । मल्लो सेला बजारमा विद्युतिकरणका लागी तानेको ग्याबिन तार रुखमा बाधेको तथा रुख सुकेका कारण रुख ढल्दा उक्त तार भुइमा खसेको उहाले बताउनुभयो । विद्युतिय तार भुइमा खसेकोबारे नेपाल विद्युत प्राधिकरण दार्चुलाको कार्यालयमा जानकारी गराउदा उक्त तारमा करेन्ट नभएको प्रतिक्रिया दिएको स्थानीयहरुले बताएका छन् ।

विद्युत प्राधिकरणका चरम लापर्बाहीका कारण महिलाले अकालमै ज्यान गुमाउनुपरेको भन्दै स्थानीय आक्रोशित भएका छन् । अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?