दार्चुला । नेपाली कांग्रेसेको मालिकार्जुन गाउँपालिका सभापतीमा किसन सामन्त चयन हुनुभएको छ। शनिबार भएको कांग्रेसको पहिलो गाउँपालिका अधिवेशनबाट सामन्त मालिकार्जुन गाउँपालिकाको सभापतीमा सर्वसहमतीबाट चयन हुनुभएको कांग्रेश दार्चुलाले जनाएको छ ।
चौधौं केन्द्रीय महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका अनुरुप असोज ९ गते गाउँ र नगरपालिकाको अधिवेशन हुने तय भए अनुसार दार्चुलाका सबै स्थानीय तहमा अधिवेशन सुरु भएको छ। अन्य स्थानीय तहमा पनि सहमतीमै नेतृत्व चयनको प्रयास भइरहेको छ। काँग्रेसले दार्चुलाका ६१ वटै वडामा यसअघिनै अधिवेशन सम्पन्न गरिसकेको छ । ६१ मध्ये ६० वडामा सहमतिमै नेतृत्व चयन भएको थियो । पालिकाहरुमा समेत सहमतीमै नेतृत्व चयनको प्रयास भइरहेको कांग्रेश दार्चुलाले जनाएको छ । नौँ वटै स्थानीय तहबाट पालिका सभापतीका दर्जनौँ दाबेदारी मैदानमा छन् ।
सम्बन्धित समाचार: दार्चुलामा पालिका सभापतीका दर्जनौँ दाबेदार, सहमतिमै नेतृत्व चयनको प्रयास (सूचीसहित)
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया