५४ जिल्लामा कांग्रेसको पालिका अधिवेशन, थप पाँच जिल्लाको विवाद टुङ्गियो

दार्चुला । नेपाली कांग्रेसले ५४ जिल्लामा गाउँरनगर अधिवेशन गरेको छ । वडा अधिवेशन भइसकेका ६४ जिल्लामध्ये १० जिल्लामा भने अधिवेशन हुन सकेको छैन । ५४ जिल्लामा गाउँ नगरस्तरीय अधिवेशन सुरु भएको तथा काठमाण्डौ, ललितपुर, सिन्धुपाल्चोक, मोरङलगायतका जिल्लामा असोज १६ गतेसम्म सकिने केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

समितिले हिजो अधिवेशन हुन नसकेका ठाउँमा सम्बन्धित तहमा खटिएका निर्वाचन अधिकृतलाई नै पुनः मिति तोक्ने र अधिवेशन गराउने अधिकार दिएको छ । पहाड र तराईका जिल्लामा दशैँअघिसम्म अधिवेशन गरिसक्ने कार्यतालिका छ । कांग्रेसले हिमाली जिल्लामा दशैँ अगावै जिल्ला तहसम्मकै अधिवेशन गरिसक्ने जनाएको छ । कांग्रेसमा क्रियाशील सदस्यताबारे १३ जिल्लामा विवाद रहेकोमा पाँच जिल्लामा टुङ्ग्याएको छ ।

महोत्तरी, सिरहा, डोल्पा, सुर्खेत र बाँकेको सदस्यता सूची प्राप्त गरेको निर्वाचन समितिका सदस्य एकराज पोखरेलले बताउनुभएको छ । ती जिल्लामा आज निर्वाचन अधिकृत खटाउने तयारी छ । निर्वाचन समितिले पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, सप्तरी, रसुवा र कैलालीको क्रियाशील सदस्यताको सूची नपाएको जनाएको छ ।

कांग्रेसको महाधिवेशन आउँदो मंसिर ९ देखि १३ गतेसम्म गर्ने कार्यतालिका छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?