एमाले अध्यक्ष ओलीको जवाफपछि प्रतिवेदन पारित गर्ने तयारी

दार्चुला । नेकपा एमालेको केन्द्रीय समितिको बैठक आज बस्दै छ । आइतबारको बैठकमा अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले प्रतिवेदनमा उठेका प्रश्नहरुको जवाफ दिने छन् । त्यसपछि बैठकले प्रतिवेदन पारित गर्ने नेता योगेश भट्टराईले जानकारी दिनुभयो ।

राजनीतिक, सांगठनिक र विधान मस्यौदा प्रतिवेदनमाथिको छलफल शनिबार सकिएको थियो । प्रतिवेदनमा आएका सुझावको आधारमा राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओली, सांगठनिक प्रतिवेदनमा महासचिव पोखरेल र विधान मस्यौदा प्रस्तावमा उपमहासचिव पौडेलले जवाफ दिनेछन् । केन्द्रीय समितिको बैठक आइतबार बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्ने छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?