लेकम गाउँपालिका–२ मा एमालेको वडा अधिबेसन आयोजक कमिटी चयन

दार्चुला । लेकम गाउँपालिका वडा नम्बर २ मा नेकपा एमालेले वडा अधिवेसन आयोजक कमिटी चयन गरेको छ । लेकम २ का जेष्ठ संगठित सदस्य जहरीराम सार्कीको अध्यक्षता र नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य एबं लेकम गाउँपालिका कमिटी इन्चार्ज परमानन्द जोशीको प्रमुख आतिथ्यतामा बैठक बसी वडा अधिवेसन आयोजक कमिटी गठन गरिएको हो ।

करबिरसिह धामी संयोजक, उमापती भट्ट उपसंयोजक र सदस्य सचिव धुब्रराज जोशी रहने गरी २५ सदस्यिय वडा अधिवेसन आयोजक कमिटी चयन गरिएको नेकपा एमाले जिल्ला कमिटी सदस्य एबं वडा नम्बर २ का वडासदस्य पदमराज जोशीले जानकारी दिनुभयो । एमाले वडा कमिटी अन्तरगत विभिन्न भातृ संगठनका इन्चार्जहरु समेत तोकिएको छ । भरतसिंह ठगुन्नालाई अनेरास्ववियु इन्चार्ज, अम्बादत्त भट्टलाई युवा संगठन इन्चार्ज, मोहनराम सार्कीलाई दलित मुक्ती संगठन इन्चार्ज, शान्ती भट्टलाई अनेमसंघ इन्चार्ज र गणेशदत्त जोशीलाई किसान सगठन इन्चार्जको जिम्मेवारी दिइएको छ ।

वडा नम्बर २ को केन्द्र कुणीमा पार्टीको वडा कार्यालय समेत स्थापना गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?