दार्चुला । लेकम गाउँपालिका वडा नम्बर ६ मा नेकपा एमालेले वडा अधिवेसन आयोजक कमिटी चयन गरेको छ । लेकम गाउँपालिका वडा नम्बर ६ का वडा कमिटी अध्यक्ष हरी बहादुर साउदको अध्यक्षता र नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य एबं लेकम गाउँपालिका कमिटी इन्चार्ज परमानन्द जोशीको प्रमुख आतिथ्यतामा अधिवेसन आयोजक कमिटी चयन गरिएको हो । कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्यहरु राम नाथ, शविर सिंह खत्री लगायतको उपस्थिति रहेको थियो ।
हरी बहादुर साउद संयोजक र हरीनन्दन नाथ सह संयोजक रहने गरी ४१ सदस्यिय वडा अधिवेसन आयोजक कमिटी चयन गरिएको छ । एमाले वडा कमिटी अन्तरगत विभिन्न भातृ संगठनका संयोजक तथा सह संयोजक समेत तोकिएको छ । राम सिह खत्रीलाई युवा संगठन संयोजक र जयराज नाथ लाई सह संयोजकको जिम्मेवारी दिइएको छ । बर्तमान सरकारले गोकुलेश्वर, उचाकोट, लाली सडक खण्डको बजेट कटौती गरेको विरोधमा नारा जुलुस समेत गरिएको युवा संगठन नेता दिपेन्द्र साउदले जानकारी दिनुभयो । यसअघि लेकम गाउँपालिकाको वडा नम्बर २ र ५ मा समेत अधिवेसन आयोजक कमिटी चयन भइसकेको नेकपा एमाले लेकम गाउँपालिका कमिटीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया