दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नम्बर ३ को कार्यालय र गाउँपालिका कार्यालयमा लगाएइको ताला खुलेको छ । वडा कार्यालय र गाउँपालिका कार्यालयमा पाँच दिन पहिले गत बुधबारदेखि तालाबन्दी गरिएको थियो । वडा विभाजन गरेको र वडा कार्यालय सारेको आंशकामा वडा नम्बर ३ का स्थानीयले तालाबन्दी गरेका थिए ।
आइतबार दुबै पक्षबिच भएको छलफलपछि सहमतीमै ताला खुलेको प्रहरीले जनाएको छ । आइतबार दिउँसो सवा तीन बजे ताला खुलेको अपिहिमाल गाउँपालिकाका खरिदार धनपती लोथ्यालले बताउनुभयो । यसअघि तालाबन्दी गर्ने पक्षले गाउँपालिका अध्यक्ष धर्मानन्द मन्याल र वडाअध्यक्ष समुन्द्रसिह कार्कीमाथि हातपातको प्रयास समेत गरेको गाउँपालिकाले जनाएको थियो । दुबै पक्षबिच सहमती जुटेपछि ताला खुलेको हो । स्रोतका अनुसार वडा कार्यालय नसार्ने सहमतीमा तालाबन्दी खोलिएको छ । ताला खुलेपछि इप्रका लटिनाथबाट गएको प्रहरी टोली समेत फिर्ता भएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया