दार्चुला । अपिहिमाल गाउँपालिकामा नेकपा माओवादी केन्द्रको पालिका कमिटी बैठकमा एमाले र कांग्रेश परित्याग गरी ५० जना कार्यकर्ता माओबादी केन्द्रमा प्रवेश गरेको दाबी गरिएको छ । एमाले परित्याग गरी बिरबहादुर धामीको नेतृत्वमा ३० जना र नेपाली कांग्रेस परित्याग गरी जनकसिंह धामीको नेतृत्वमा २० जना कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको नेकपा माओवादी केन्द्रका अपिहिमाल गाउँपालिका कमिटी सचिव नरेन्द्र सिंह ठेकरेले जानकारी दिनुभयो ।
नेकपा माओवादी केन्द्रका गाउँपालिका कमिटी अध्यक्ष कलकसिंह बोहराको अध्यक्षतामा बसेको उक्त बैठकमा नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य भगत सिंह ठेकरे बोहरा प्रमुख अतिथि रहनुभएको थियो । अपिहिमाल गाउँपालिका वडा नम्बर ४ प्रेम पार्कमा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । पार्टी सदस्यता नविकरण गर्ने, वडा सम्मेलनको लागि मिति तय गर्ने, गाउँपालिकाको सम्मेलनका लागि मिति तय गर्ने लगायत निर्णयहरु भएको नेकपा माओवादी केन्द्रका अपिहिमाल गाउँपालिका कमिटी सचिव ठेकरेले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया