दार्चुला । महाकाली लोकमार्ग अन्तर्गत गोकुलेश्वर खलंगा सडक खण्डको चुने भीरमा सवारीसाधनको आवातजावत सुचारु भएको छ । महाकाली नगरपालिका वडा नम्बर ९ को वेत चुइने भीरमा सडक भाँसिदा ठूला सवारी साधन अवरुद्व भको थियो । अवरुद्व सडक शनिबार रातीदेखि सुचारु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
गत भदौ २ गते सडक भासिएपछि यो क्षेत्रमा ठूला सवारी साधन चल्न सकेका थिएनन् । हुनैनाथ रानीबाँश निर्माण सेवाले सडक मर्मत सम्भार गरेपछि निर्माण कार्य सुचारु भएको निर्माण व्यवसायी नरेन्द्रसिह धामीले बताउनुभयो ।
यो क्षेत्रमा अस्थायी रुपमा बाटो खुलाएर केही दिन यातायात सुचारु गरिएको थियो । तर सडकको तलपट्टी पर्खाल लगाउनुपर्ने अवस्था आएपछि ठेकेदारले गत भदौ २६ गते ठूला सवारी साधन चल्न रोक लगाएर काम सुचारु गरेको थियो ।
निर्माण व्यवसायीले दुई साता लगाएर पर्खाल लगाउने काम सकिएको बताएपछि यातायातका साधनहरु सुचारु भएका हुन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया