दार्चुला । शनिबार दिउँसो बर्षासंगै आएको हावाहुरीले डिलाशैनीको गोकुलेश्वर बजारका पसलहरुमा क्षति पुर्याएको छ । बर्षासंगै आएको हावाहुरीले बैतडीतर्फ गोकुलेश्वर पुल छेउ नजिकै रहेका चार ओटा पसलको छाना उडाएको स्थानीय सुरेश श्रेष्ठले जानकारी दिनुभयो ।
एक्कासी पानीसंगै आएको हावाहुरीले छानो उडाएपछि व्यापारीहरुको सामग्री पानीले भिजेको र अहिले त्रिपाल हालेर जोगाउने प्रयास भएको उहाँले बताउनुभयो । हावाहुरीले हरिश जोशी, मञ्जु दमाई, रमेश नाथ र नवीन नाथको पसलको जस्तापाताले छाएको छानो उडाएको बताइएको छ। हावाहुरीले छानो उडाएपछि व्यापारीहरुलाई सामग्री जोगाउन मुस्किल परेको थियो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया