दार्चुला । लेकम गाउँपालिका वडा नम्बर २ कुणी भुल्लेकमा नेकपा माओवादी केन्द्रको स्वागत तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । नेकपा माओबादी केन्द्रका वडा नम्बर २ कमिटी वडा सचिव अम्बादत भट्टको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा प्रदेश कमिटी सदस्य, माओवादी केन्द्र लेकमका ईन्चार्ज एवम् उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामी सन्तोषका स्वकीय सचिव रामदत्त जोशी (आरडी) को प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यकर्ता भेटघाट कार्यक्रममा प्रमुख अतिथि जोशीले आफुहरु सत्तामा पुग्नको लागि स्वमुल्यांकन गर्नुपर्ने धारणा राख्नुभयो । लेकम सरकारले अव्यवस्थित रुपमा थालनी गरेका सडकहरु अलपत्र परेको हाम्रा आँखा अगाडि छन्, उहाँले भन्नुभयो, विकास निर्माणका नाममा जनतालाई छलढाट गरेर ४ वर्ष बितिसक्दा समेत १ प्रतिशत कृषिमा बजेट विनियोजन भएको छैन् । संघीय लोकतान्त्रिक गणतन्त्रको लागि ज्यानको बलिचढाउन तत्पर कमरेडहरुले त्यहि उर्जाका साथ लेकममा माओवादी केन्द्रको सरकार बनाउन जुनसुकै हत्कण्डा अपनाएर पनि मेहनत गर्न नेता जोशीले कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । उक्त कार्यक्रमको सञ्चालन गाउँकमिटी सदस्य आनसिंह धामीले गर्नुभएको थियो । पछिल्लो समय लेकम गाउँपालिकामा प्रमुख राजनीतिक दलहरुले निर्वाचन लक्षित कार्यक्रमहरु आयोजना गरिरहेका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया