दार्चुला । एकीकृत अखिल नेपाल शिक्षक संगठन मार्मा गाउँपालिकाको कमिटी विस्तार गरिएको छ। अध्यक्ष प्रेम सिह डडाल, उपाध्यक्ष महादेव सिह विष्ट, डब्बल सिह धामी, महिला उपाध्यक्ष मानमती भट्ट, सचिव अमर राम टमटा र सहसचिव नरेन्द्र कुंवर सहित ४१ सदस्यीय कमिटी विस्तार गरिएको हो।
कार्यक्रममा मार्मा गाउँपालिका अध्यक्ष जमन सिह धामी, माओवादी केन्द्र मार्मा गाउँपालिका कमिटी संयोजक नरबहादुर विष्ट, वडा नम्बर ६ का वडाअध्यक्ष महादेव सिह डडाल लगायतको आतिथ्यता रहेको मार्माबाट लोकदर्पण समाचारदाता दिपेन्द्र डडालले जानकारी दिनुभयो । एकीकृत अखिल नेपाल शिक्षक संगठन मार्मा गाउँपालीकाको बिस्तारित बैठकबाट लटिनाथ माबिका प्रधानाध्यापक भगीरथ सिह बिष्ट, दुर्गेश्वरी माबि घोल्जरका प्रअ मान सिह ठगुन्ना, शिक्षक तथा संगठनका निवर्तमान अध्यक्ष बसन्त सिह महरा, दुर्गा आबि च्युरानीका प्रअ प्रकाश सिह ठगुन्ना जिल्ला समितिमा सिफारिस भएको नेकपा माओबादी केन्द्रका मार्मा गाउँपालिका कमिटी संयोजक नरबहादुर बिष्टले जानकारी दिनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया