ब्लड क्यान्सर पीडित बालिका रिता बोहराको ज्यान गयो

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर १ सर्मोली बस्ने नरेन्द्र बोहराकी १४ वर्षीया छोरी रिता बोहराको प्राणघातक रोग ब्लड क्यान्सरबाट ज्यान गएको छ । विगत एक वर्षदेखि काठमाण्डौँमा उपचाररत बोहराको उपचारको क्रममा आइतबार मृत्यु भएको हो । बाल कान्ति अस्पताल काठमाण्डौँमा उपचाररत बोहराको उपचार सम्भव नभएपछि मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

रिताको उपचार खर्च जुटाउन रिता बचाऔँ अभियान समेत सञ्चालन गरिएको थियो । उपचारमा लाखौँ खर्च र विभिन्न प्रयास गरेपनि ज्यान जोगाउन सम्भव नभएको मृतक बोहराका बुबा नरेन्द्र बोहराले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?